युट्युबरले जसलाई जे पनि आरोप लगाए : मन्त्री बाँस्कोटा



काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले युट्युबरले जसलाई जे पनि आरोप लगाएको बताउनुभएको छ ।

राष्ट्रिय सभामा बोल्दै मन्त्री बाँस्कोटाले राष्ट्रिय सभामा मन्तव्य बोल्ने क्रममा भन्नुभयो– ‘अनलाइन टेलिभिजनहरुको एउटा सानो हिस्साको रुपमा युट्युव आएको छ । जसलाई जे पनि भनेको छ । जे पनि आरोप लगाएको छ । जवाफदेहिता छैन । उत्तरदायित्व छैन । भ्रम यसप्रकारको मात्र गएको छ, यति सम्म छ की, कयौंले यस्तो पनि देखिया छ कि संविधान खारेज गरौं । संसोधन हैन, खारेज, समाप्त गरौं अर्कै चिज लेराऔं । यो पनि पत्रकारिता हो ? तानासाही व्यवस्था चुँ नगर्ने । मुन्टो घोस्याएर हिँड्ने । कलमको निप बन्द गरेर हिँड्ने, अनि अहिले चाहिँ हाम्रो पनि हो नि गणतन्त्र, गणतन्त्र फाल्न पाईन्छ, सिध्याउन सकिन्छ । अ आउ मिलौं, कहिले देश टुक्राउन आउ, कहिले गणतन्त्र समाप्त गर्न आउ, कहिले के गर्न आउ भनेर ओपन च्यालेन्ज दिने गणतन्त्रलाई ? त्यो हेरेर बस्न सकिन्छ ? यो गणतन्त्र आउने नै थिएन, यदि त्यस्ताको कुरो मानेको भए । तिनको कुनै यो गणतन्त्रमा योगदान छैन । इतिहासले निषेध गर्नुपर्ने हो । नेपाल मौलिक संस्कार र संस्कृति भएको देश हो । त्यसैले तिनिहरुलाई निषेध गरेन । त्यो निरंकुशताको रहलपहल आज पनि फँडा उठाउन खोज्दै छ स्वतन्त्र प्रेसको नाममा । हिजो पञ्चायतको भक्तिभाग गर्ने, निरंकुश राजतन्त्रको गानाबजाना गरेका थिए । हिजो अस्ति मात्रै नेकपाका अध्यक्षलाई लखेटेको, कुटेको हालिराख्या थियो । त्यो हो ? कहिले कुन नेताको मान मर्दन गर्या छ । किनभने नेताहरूलाई खुइल्याएपछि, जसले दशकौं दशक लडेर, तिनलाई समाप्त गरेपछि इन्स्टिच्युसन नै सकियो । त्यस हिसावले जान खोज्ने कुरा र यहि हो प्रेस स्वतन्त्रता भनेर परिभाषा लगाउने कुरामा सरकार सहमत हुन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्