आजबाट पशुपतिमा आरती अघि राष्ट्रियगान अनिवार्य



काठमाडौं– सरकारले आजबाट पशुपतिनाथ मन्त्रीमा हुने आरती अघि अनिर्वाय रुपमा राष्ट्रियगान बजाउने व्यवस्था गरेको छ ।


संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्र विकास कोषलाई आरती अघि अनिवार्य राष्ट्रियगान बजाउन निर्देशन दिएका थिए । कोषले मन्त्री भट्टराईको निर्देशन आजैबाट कार्यान्वयनमा ल्याउने भएको छ ।
पशुपतिनाथ मन्दिरमा हरेक दिन साँझ विशेष आरती हुने गरेको छ । आरतीको समयमा हजारौंको संख्यामा नेपाली तथा विदेशी नागरिक पशुपति मन्दिर परिसरमा आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्