आज बस्ने भनिएको नेकपाको सचिवालय बैठक स्थगित



काठमाडौं– आज बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ ।

पार्टी एकताको थोरैमात्र काम बाँकी रहेका बेला शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको स्रोतले जनाएको हो । बैठक स्थगित हुनुको कारणबारे केही जानकारी दिइएको छैन ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बैठक बोलाउँदै आएका छन् । यसअघि भाद्र ६ गते नेकपाको केन्द्रीय सचिवालय बैठक बसेको थियो । उक्त बैठकले प्रतिबन्धित (विप्लव) समूह र समाजवादी पार्टीबाट नेकपामा प्रवेश गरेका केन्द्रीय स्तरका नेतालाई जिम्मेवारी दिनुका साथै आफ्ना नेताविरुद्ध सार्वजनिक रुपमा विरोध गर्न नपाउने निर्णय गरेको थियो ।

झण्डै डेढ वर्ष अघि सुरु भएको पार्टी एकताको कामले अन्तिम रुप पाउने क्रममा रहेका बेला आजको सचिवालय बैठक बोलाइएको थियो ।नेकपाको अब आयोगहरु र मञ्चहरुको गठनको काम मात्रै बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्