रवि लामिछानेको नाममा राजतन्त्रवादीको शक्ति प्रदर्शन ! (यस्तो छ प्रमाण)
काठमाडौं– टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्सान अभियोगमा हिरासत सहँदा राजतन्त्रवादीहरूले ठूलो चलखेल गरेको तथ्य सार्वजनिक हुन थालेका छन् ।

केहि सञ्चारमाध्यमले रवि लामिछानको जुलुसमा राजतन्त्रवादीको घुसपैठ भएको समाचार प्रकाशन गरिरहेका बेला कार्यक्रम प्रस्तोता रबि लामिछानेलाई हिरासतमा भेट्न पुगेका पत्रकार ऋषि धमलाले समेत राजावादीहरूको भिड बढी भएको बताएका हुन् । सुत्र टिभीका पत्रकारले उनकै रिपोर्टस क्लबमै धमलालाई रविको नाममा उत्रियको यो भिडले राजतन्त्र चाहनेहरुलाई फाइदा पुगेको हो भनेर सोद्धा धमलाले सबै नभए पनि बाहुल्यता भने राजतन्त्रवादी हरु कै थियो भनेका थिए ।
रवि लामिछानेका नाउँमा सामाजिक सञ्जाल (फेसबुकबाट) भ्रम फैलाउन हिमानी शाह समेतको नामको फेसबुक पेजहरू समेत प्रयोग भएको पाइएको छ । जुलुसमा पूर्व राजा ज्ञानेन्द्रको फोटो भएका टिसर्ट लगाएर जानेहरूको समूह पनि ठूलै देखिएको थियो । भरतपुरमा केही समूहले राष्ट्रिय झण्डै ओढेर सवारी साधनमाथि तोडफोड पनि गरेका थिए । सामाजिक सञ्जालमा भएको यस्ता प्रकारका गतिविधि र रवि लामिछानेको समर्थनमा उर्लिएको भिडबाट उनले सचेत हुन जरुरी देखिएको छ ।
