सुध्रेनन् कर्मचारी : मालपोतका खरिदार एक लाख २० हजार घुससहित अख्तियारको फन्दामा



बुटवल– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता बढाएसँगै दैनिकजसो कर्मचारी घुस सहित पक्राउ पर्न थालेका छन् ।
दिनदिनै जसो कर्मचारी पक्राउ परेको समाचार आइरहँदा पनि कर्मचारीहरूमा घुस लिने कार्यको कमी आएको पाइएको छैन । बिहीबार पनि मालपोत कार्यालय बुटवलका एक जना खरिदार सेवाग्राहीसंग घुस लिँदालिँदै पक्राउ परेका छन् । खरिदार जीवनाथ पाण्डेलाई सेवाग्राहीसंग एकलाख २० हजार घुस लिँदालिँदै अख्यितार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पक्राउ गरेको हो ।

मालपोत कार्यालय अगाडि रहेको ढकाल–पाण्डे लेखापढी सेवामा बसेर सेवाग्राहीसँग नामसारी र लालपुर्जा बनाइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा पाण्डेसंगै लेखापढी व्यवसायी कमलप्रसाद पाण्डे पनि पक्राउ परेका अख्तियार कार्यालय बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । पक्राउपछि उनीहरुमाथि थप अनुसन्धान भइरहेको भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्