३१ जिल्लाका सिडियोको सरुवा (हेर्नुहोस् कुन जिल्लामा को आए)



काठमाडौं– गृह मन्त्रालयले काठमाडौंसहित २४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयले काठमाडौंको सिडियोमा जनकराज दाहाललाई सरुवा गरेको छ भने रामप्रसाद आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी ललितपुरका सिडिओ प्रेमराज जोशीको मकवानपुर सरुवा भएको छ । उनको ठाउँमा धादिङका भगिरथ पाण्डे आएका छन् । मोरङमा मदन भुजेल, रुपन्देहीमा महादेव पन्थ, बारामा फडिन्द्रमणि पोखरेल, सुनसरीमा राजेश पौडेल, झापामा उदयबहादुर राणा, इलाममा सीताराम कार्की, धादिङमा आशमान तामाङ, सुर्खेतमा बसन्त अधिकारी, बाँकेमा कुमारबहादुर खड्का, कास्कीमा रमेश केसी, मुस्ताङमा वेदप्रसाद अर्याल, जाजरकोटमा जनराज पन्तको सरुवा गरिएको छ ।

यसैगरी, रुकुम पूर्वमा मोहनप्रसाद अर्याल, बझाङमा उमेश पाण्डेको सरुवा गरिएको छ । डा. कृष्णबहादुर घिमिरे धनकुटा, सप्तरीमा सुनिल खनाल, महोत्तरीमा सूर्यबहादुर खत्री र काभ्रेमा श्रवणकुमार तिमल्सिनालाई कायममुकायम सिडिओको जिम्मेवारी दिइएको छ ।

यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय प्रमूखमा दिर्घनरायण पौडेललाई सरुवा गरिएको छ । उपसचिव सुरेन्द्र पौडेललाई नख्खु कारागार प्रशासन प्रमूखमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्