चट्याङ लागेर एक जनाको मृत्यु



काभ्रे– काभ्रेको भुम्लू गाउँपालिका वडा नं. १० साखिनडाँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । रोशी गाउँपालिका वडा नं. ५ घर भई हाल भूम्लुमा घर बनाउने मिस्त्रीको काम गर्दै आएका २२ वर्षका लालहादुर बि.क. को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

वि.क. लाई बुधबार राती करिब ९ः३० बजेको समयमा स्थानीय भीमबहादुर बि.क.को घरमा टि.भी. हेरिरहेको अवस्थामा अचानक चट्याङ पर्न गई घाईते भएकोमा उपचारका लागि धुलिखेल अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । बि.क.लाई उपचारका लागि राती १ बजे नै धुलिखेल अस्पताल ल्याई पुर्याउदा डाक्टरले मृत घोषणा गरेको र घटनाबार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्