मन्त्री बाँस्कोटा विरुद्ध नेकपाकै नेता, यसकारण काभ्रेमा विमानस्थल नबन्ने



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प बन्ने गरी काभ्रेमो आन्तरिक विमानस्थल बनाउने योजनाबाट सरकार पछि हटेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ विमानस्थल निर्माण गर्नुको साटो काठमाडौं नजिकैको रामेछाप विमानस्थल स्तरोन्नति गर्ने बताएउनुभएको छ ।

सरकारले चालु आर्थिक वर्ष २०७६र७७ को बजेटमार्फत काठमाडौं उपत्यकानजिकै वैकल्पिक विमानस्थल बनाउने योजना सार्वजनिक गरेको थियो ।

‘उपत्यका नजिकको उपयुक्त स्थानमा वैकल्पिक आन्तरिक आन्तरिक विमानस्थल निर्माण गरिनेछ,’ बजेटमा उल्लेख छ ।
यो कार्यक्रमलाई सरकारले अघिल्लो आव २०७५र७६ मा पनि बजेटमा राखेको थियो ।
तर, संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले काठमाडौं नजिकै अर्को विमानस्थल आवश्यक नरहेको भन्दै सरकारलाई योजना फिर्ता लिन निर्देशन दिएको थियो । उक्त निर्देशन लत्याउँदै सरकारले यस वर्ष पुनः यो आयोजनालाई बजेटमा समेटेको थियो ।

मन्त्री भट्टराईले भने उक्त निर्णयलाई आफ्नो वार्षिक कार्ययोजनामार्फत सच्याउनुभएको छ । मनत्री भट्टराईको कार्ययोजनामा ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्न काठमाडौं नजिकको (रामेछाप) विमानस्थलको स्तरोन्नति गर्ने’ उल्लेख छ ।
मन्त्री भट्राईले यसलाई समयसीमा भने तोकेका छैनन् । रामेछापको विमानस्थल स्तरोन्नति गर्ने उनको योजनाले तत्कालका लागि काभ्रे विमानस्थलको ‘च्याप्टर क्लोज’ भएको मन्त्रालय स्रोतले बतायो ।

सरकार काभ्रेको बनेपा स्थित नागीडाँडामा विमानस्थल बनाउन ईच्छुक रहेपनि सत्तारुढ दलका केही नेताहरु त्यसको विरोधमा लागेका थिए ।
सरकारले काभ्रेमा विमानस्थल निर्माणको योजना बनाए पनि सत्तारुढ दलकै नेताहरु यस आयोजनाप्रति सकारात्मक थिएनन् । काभ्रे सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाको गृहजिल्ला हो ।
सरकारले वसन्तु ऋतुको सगरमाथा आरोहण शुरु हुने समयमै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति थाल्यो । चैत दोस्रो साताबाट शुरु भएको यो आयोजनाका बेला विमानस्थल केवल दैनिक १४ घण्टा मात्र सञ्चालन भएको थियो ।

सोही कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले वसन्त ऋतुका लागि लुक्लामा हुने सबै उडान रामेछाप र्सायो ।
व्यवसायीले पर्यटकलाई सडक माध्यमबाट रामेछाप र्पुयाए र त्यहाँबाट जहाजमा लुक्लासम्म सेवा दिए ।
मूख्य पर्यटकीय सिजनमा लुक्लामा दैनिक ५० भन्दा बढी उडान हुने गर्छ । लुक्ला आन्तरिकतर्फ सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक हो ।

रामेछाप विमानस्थलमा पर्याप्त सुविधा नहुँदा पर्यटकले भने सास्ती भोग्नुपरेको थियो ।
मन्त्री भट्टराईको योजना अनुसार स्तरोन्नति भयो भने रामेछापले काठमाडौं विमानस्थलको विकल्प दिन सक्ने सम्भावना छ ।
सन् १९७९ मा सञ्चालनमा आएको यो विमानस्थलको धावनमार्ग सन् २०१५ मा कालोपत्रे गरिएको थियो । यहाँ ५१८ मिटर लामो धावनमार्ग रहेको छ । यस विमानस्थलबाट साना जहाजले मात्र उडान अवतरण गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्