त्रैमासिक परीक्षा रोकेर विद्यालयमा तालाबन्दी



त्रैमासिक परीक्षा रोकेर विद्यालयमा तालाबन्दी विद्यालयका व्यवस्थापन समिति र प्रत्तध्यानाध्यापकको मिलोमतोमा अनियमितता भएको भन्दै सर्लाहीको एक विद्यालयमा स्थानियहरु तालाबन्दी गरेका छन् ।

हरिपुर्वा नगरपालिका वडा नं. ५ मा रहेकोे केश्वर गरिब जनता मा. बि. मा स्थानियहरुले तालाबन्दी गरेका हुन् ।
विद्यालयको प्रधानाध्यापक फेकु राय भ्रष्ट र असक्षम भएको हुँदा तुरुन्त सरुवा हुनुपर्ने, विद्यालयमा नया भर्ना भएका शिक्षकहरुलाई खारेजी गर्नुपर्ने , व्यवस्थापन समिति खारेज हुनुपर्ने ,विद्यालयको सम्पूर्ण आय र व्यय अबिलम्ब प्रस्तुत हुनुपर्ने लगायतका ७ बुदेँ माग राख्दै स्थानियहरुले विद्यालयमो तालाबन्दी गरेको स्थानीय बिनोद साहले बताए ।

हालै विद्यालयले पाँच जना शिक्षक भर्नामा व्यापक अनियमितता गरेको स्थानियको आरोप छ । प्रधानाध्यापक फेकु कुमार यादव निमाविका शिक्षक भएकोले मावि शिक्षक आए प्रअ पदबाट स्वत M हट्नुपर्ने हुदाँ विद्यालयमा आएको शिक्षकको सरुवा गराई रिक्त दरबन्दी राखी विद्यालयको शिक्षा सखाप पार्ने काममा प्रअ यादव लागेकोहुदाँ तालाबन्दी गरिएको अभिभावक जगेश्वर रायले बताए ।

विद्यालयमा सबै शिक्षकको दरबन्दी पुरा भएकोले भदौ १५ गते चक्रघाटा गाउपालिका स्थित अध्यापन गराईरहेका माविका शिक्षक धनेश्वर साहलाई सरुवा सहमति पत्र नदिएकोले आफुमाथि यस्तो आरोप लगाइको प्रअ यादबले बताए ।

दरबन्दीनै खालि नभएको ठाउँमा कसरी सरुवा पत्र दिने, सरुवा पत्र नदिएकोले विभिन्न बहाना बनाई विद्यालयमा तालाबन्दी र विद्यार्थीहरुलाई उकासी आन्दोलन गराइएको आरोप प्रअ यादवको छ । ‘मैले सोमवार पनि बैठक बस्न लगाएकै छु, फेरी पनि वार्ता बस्न तयार छु’, प्रअ यादवले भने ।
विद्यालयमा तालाबन्दी भएपछि विद्यालयका विद्यार्थीहरु भने हरिपुर्वा बजार चोकमा टायर बाली प्रदर्शन गरिरहेका छन् ।

विहान साढे १० बजे देखि चलिरहेको पहिलो त्रैमासिक परीक्षा रोकि विद्यालयमा तालाबन्दी गरिएपछि विद्यार्थीहरु आन्दोलित बनेका हुन ।
घटना स्थलमा अहिले नेपाल प्रहरी र शस्त्र प्रहरी परिचालन गरिएको सर्लाही प्रहरीले जनाएको छ ।

प्र्रध्यानाध्यापकले व्यापक भ्रष्टाचार गरेको भन्दै सोमवार विद्यालय व्यवस्थापन समितिको वैठकमा दिउसो दुई पक्ष बिच झडप समेत भएको थियो ।
झडपमा परि स्थानिय गणेश यादब,सुरेन्द्र यादव, खगेन्द्र यादव र मनोज राय गम्भिर घाईते भएका थिए । घाईते चारै जनाको विभिन्न अस्पतालमा उपचार भैइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्