रवि लामिछाने राजनीतिमा आउने संकेत



चितवन– हिरासत मुक्त भएपछि पत्रकार सम्मेलन गर्दै टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले राजनीतिको ढोकामा चुकुल लागेको छ, ताल्चा नलागेको बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले राजनीतिमा आउने संकेत गरेका छन् ।
आफ्नो प्राथमिकता पत्रकारीता नै भएको बताउँदै उनले राजनीतिको विकल्प पनि खुला रहेको बताए । मंगलबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा राजनीतिमा आउने सम्भावनाबारे सोधिएका प्रश्नको उत्तर दिँदै उनले भने, ‘सम्भावनाको ढोकामा चुकुलमात्र लागेको छ, ताल्चा लागेको छैन ।’

प्रतिक्रिया दिनुहोस्