इतिहासमै पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक



काठमाडौं – नेपालमा इतिहासमै पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको छ । सिंगापुरमा उपचारका क्रममा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद  बैठक बोलाउनु भएको हो ।

अब प्रधानमन्त्री ओली उपस्थित नभएपनि भिडियो कन्फ्रेन्सबाट सहभागी हुनु हुने हुदाँ देशका गर्नै पर्ने नियमित काम रोकिने छैनन् ।

Image may contain: 2 people, people sitting and indoor

प्रधानमन्त्री ओली उपचारमा जानुअघि कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न सक्ने ब्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्