चितवनमा बम विष्फोट



चितवन– चितवन जिल्लाको खैरहनी नगरपालिका २ सिमलघारीमा आइतबार साँझ बम बिस्फोट भएको छ । प्रहरीका अनुसार कयर खोला किनारमा बम बिस्फोट भएको हो ।

बिस्फोटबाट मानवीय र भौतिक क्षति भएको छैन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बम बिष्फोट गराएको प्रहरीले अनुमान गरेको छ । विप्लब नेतृत्वको नेकपाले सोमबार चितवन जिल्ला बन्द आब्हान गरेको छ । बन्द सफल बनाउन नेकपाले बम बिष्फोट गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्