बोतल प्रहार गरेपछि चितवनमा रवि लामिछानेका समर्थकले र प्रहरीबिच झडप



काठमाडौं– चितवनमा प्रहरीमाथि बोतल प्रहार गरेपछि टेलिभजन प्रस्तोता रवि लामिछानेका समर्थकबीच झडप भएको छ । झडप पछि भिडलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्यास हानेको छ ।

शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आइतबार आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ । तर बयान नसकिएपछि थुनछेक बहस हुन सकेन । तीनै जनालाई अदालतबाट फेरि प्रहरी हिरासतमा लैजाने क्रममा प्रदर्शनकारी प्रहरीमाथि खनिएका थिए ।

प्रतिक्रिया दिनुहोस्