हदबन्दी छुटको व्यापक दुरुपयोग दुरुपयोग



काठमाडौं– चियाबगान, हाउजिङ कम्पनी, हाइड्रोपावरलगायतले हदबन्दी छुटका नाममा लिएको जग्गा दुरुपयोग गरेको खुलेको छ । यस्ता कम्पनीहरूले ठूलो परिमाणमा जग्गा ओगट्दै आएको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।

ती जग्गा कुन अवस्था छन् भन्ने विवरण सरकारसँग छैन । हदबन्दी छुट भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दिएको हो। मन्त्रालयका उपसचिव लीलानाथ दाहालले हदबन्दी छुट जग्गाको अद्यावधिक विवरण तयार नभएको बताए ।

सरकारले उपत्यका र पहाडमा आयोजना, उद्योग, प्रतिष्ठान, हाउजिङ कम्पनीलाई गरी ७६ हजार ७६६ रोपनी १२ आना ३ पैसा २ दाम हदबन्दी छुट दिएको छ । तराई र भित्री मधेसमा ८ हजार ४ सय २९ बिघा ११ कठ्ठा ४ धुर जग्गा हदबन्दी छुटमा वितरण गरिएको छ। यी जग्गा हदबन्दी छुटमा लिनेमा एक सय ६९ वटा कम्पनी छन् ।

२०२१ सालपछि मन्त्रिपरिषद् र मन्त्रीस्तरीय निर्णयबाट हदबन्दी छुटमा लिने निर्णय भएको थियो। मन्त्रालय स्रोतका अनुसार ती जग्गाको मनपरी प्रयोग भइरहेको छ । कतिपयले प्लटिङ गरेर बेचेका छन्। धेरै ठाउँमा हदबन्दी छुटका जग्गा बाँझै छन् ।

प्रतिक्रिया दिनुहोस्