राती ९ बजेपछि सवारी नचलाउन प्रशासनको आग्रह



ढुंगाले लागेर दुई कन्टेनरमा क्षति

रसुवा– जिल्ला प्रशासन कार्यालय रसुवाले राति ९ बजेदेखि टिमुरे–केरुङखण्डमा सवारी साधन नचलाउन आग्रह गरेको छ । सडक माथिबाट ढुङ्गा झरेर सवारी साधनमा क्षेती पुगेपछि प्रशासनले राती सवारी नचलाउन आग्रह गरेको हो ।

गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे क्षेत्रस्थित राजमार्गमा केरूङतर्फ जान लामवद्ध कन्टेनरमा माथीबाट झरेको ढुङ्गाले लागेर क्षति पुर्याएको थियो । सशस्त्र प्रहरी बल भन्सार सुरक्षा तथा राजश्व गस्ती २१ नम्बर गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाका अनुसार ढुङ्गाले लागेर ना५ख ५८०३ तथा ना६ख ५४९७ नंको कन्टेनरमा क्षति पुगेको हो ।

यस्तै आज टिमुरेमा स्याउ बोकेको ना५ख ६६६६ नंको ट्रक दुर्घटना भएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले हाललाई राति ९ बजेदेखि उक्त राजमार्गमा सवारीसाधन नचलाउन आग्रह गर्नुभएको छ । टिमुरे क्षेत्रमा चट्याङका कारण विद्युत्समेत अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्