७२ लाख ठगी गर्ने पूर्व डिएसपीको श्रीमती पक्राउ



ईटहरी,६ भदौं – किर्तिपुरकी एकजना महिलालाई घर पास गरिदिने भन्दै ७२ लाख रुपैया लिएर फरार रहेकी शसस्त्र प्रहरीका पुर्ब डिएसपी पुष्पकुमार श्रेष्ठकी श्रीमती मिनाकुमारी श्रेष्ठ पक्राउ परेकी छिन ।
अन्दाजी ३६ बर्षिया श्रेष्ठ सुनसरीको ईटहरीबाट बिहिबार राति ८ बजे पक्राउमा परेकी हुन् ।

इटहरी स्थित रोयल रिसोर्टमा लुकेर बसेको अबस्थामा बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्याय इटहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।
किर्तिपुर वार्ड न.। ३ बस्ने कमला सिग्देल लाई घर पास गर्ने शर्तमा भोलि नै पास गरिदिन्छु भन्दै ७२ लाख रूपैया लिएर श्रेष्ठ फरार रहेकी थिइन्।

अपराध महाशाखा टेकुमा परेको उजुरीका आधारमा इलाका प्रहरी कायार्लय इटहरीले उनलाई पक्राउ गरेको पुष्टि भएको छ । उनलाई आजै काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्