जतिसुकै कराए पनि चिहानमा आरधना गरेर राजतन्त्र फर्किँदैन



काठमाडौं, ५ भदौं – सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँसकोटाले मरिसकेको राजतन्त्र अब कहिल्यै नफर्किने बताउनुभएको छ ।

विहिवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले जतिसुकै कराएर राजतन्त्र फर्किन्छ भन्नु भूतपूर्व मायालुलाई सम्झिएर तड्पिने जस्तो हुने बताउनुभयो ‘कहाँबाट को राजा ? कस्तो राजा ? लावण्य देशको राजा ? नेपालमा राजा छैन, एकादेशको कुरा भइसक्यो’, उहाँको भनाई थियो ।

‘भोलि इतिहासमा नेपालको राजनीति विकासको इतिहासमा राजतन्त्र पढ्नेछ ।’ मन्त्री बाँस्कोटाले देश बिलकुल नयाँ व्यवस्थामा प्रवेश गरेको बताउँदै त्यसतर्फ सोच्दै नसोच्न आग्रह गर्नुभयो । ‘बाजा बजाएर २०१७ साल दोहोरिएको होइन । मरेको राजतन्त्रले फणा उठाउन सक्दैन’, उहाँले भन्नुभयो, ‘जतिसुकै कराए पनि चिहानमा आरधना गरेर राजतन्त्र फर्किँदैन । गतिको नियम अगाडि बढ्ने हो, पछाडि फर्किने होइन ।’

मन्त्री बाँस्कोटाले नेपालको राजतन्त्र संसारबाटै लोप भएको डाइनोसर जस्तै हो भन्दै राजतन्त्र फर्कन नसक्ने दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्