प्रधानमन्त्री विदेश हुँदा पनि मन्त्रिपरिषद् बैठक बस्न सक्ने



काठमाडौं, ५ भदौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री विदेश भएका बेला पनि बैठक बस्न सक्ने निर्णय गरेको छ ।

सरकारको कार्यसम्वादन नियमावली २०६४ मा संशोधन गरी प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेको बेला भिडियो कन्फरेन्स लगायतका प्रविधि प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि बिहीबार सिंगापुर जानुभएको छ । प्रधानमन्त्री सिंगापुर भएका बेलामा पनि मन्त्रिपरिषद् बैठक चल्ने गरी मन्त्रीपरिषद्ले निर्णय गरेको हो ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री विदेश भएका बेला पनि मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

‘भिडिओ कन्फरेन्स’बाट मन्त्रिपरिषदका बैठकहरू प्रधानमन्त्री विदेश भएका बेला पनि बैठक बस्ने गरी व्यवस्था मिलाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ,’ जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्