भ्रष्टाचार आरोपमा पूर्व गृहमन्त्री मध्यरातमा पक्राउ



काठमाडौं, ५ भदौं – भ्रष्टाचारको आरोपमा भारतका पूर्व गृह तथा अर्थमन्त्री पी चिदम्बरम पक्राउ परेका छन् । उनलाई सीबीआईको टोलीले गएराति पक्राउ गरेको हो ।

सीबीआईले चिदम्बरमलाई उनको घरमा नै हिरासतमा लिएर त्यसपछि सीबीआई मुख्यालय लगिएको थियो ।

उनलाई आज सीबीआईले विशेष अदालतमा पेश गर्नेछ । चिदम्बरमले आफूमाथि लागेको भ्रष्टाचार आरोप अस्वीकार गर्दै आएका छन् ।

उच्च अदालतबाट अग्रिम जमानत रद्द भएपछि पी चिदम्बरमलाई पक्राउ गरिएको हो । त्यसक्रममा यो मुद्दामा राहतका लागि सर्वोच्चको शरणमा गएका थिए । उनको निवेदनमा शुक्रबार सुनुवाई हुनेछ ।

बुधबार साँझ करिब सवा ८ बजे पत्रकार सम्मेलन गरेर आफूमाथि लागेका सबै आरोप खारेज गरेका थिए । उनले आफू नभागेको तर आफ्नो हित रक्षाका लागि कानुनको शरणमा गएको बताए ।

यसमा रोचक त के छ भने सीबीआईको जुन भवनको उदघाटन समारोहमा चितम्बरम सहभागी थिए, त्यही भवनको हिरासतमा उनलाई बस्नु परेको छ ।

सन् २०११ मा सीबीआईको नयाँ भवनको उदघाटन चितम्बरमले गरेका थिए । त्यतिबेला चितम्बरम गृहमन्त्री थिए । प्रधानमन्त्री मनमोहन सिंह थिए । प्रमुख अतिथिको रुपमा मनमोहन सिंहले भवन उदघाटन गर्दा चितम्बरम अतिथिको रुपमा सहभागी थिए ।

दिल्लीको जोरबागस्थित घरबाट पक्रेर चितम्बरमलाई सीबीआईले आफ्नो मुख्यालमा लगेको थियो । उनलाई रातभरि त्यहीँ राखियो । उनीसँग बयान पनि लिइयो । चितम्बरमलाई बिहीबार अदालतमा पेश गर्ने तयारी छ । उनलाई १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिने तयारी सीबीआईको छ ।

आईएनएक्स मिडियासँग सम्बन्धित भ्रष्टाचारका अभियुक्त चितम्बरमले अगि्रम जमानतको याचिका दिल्ली हाई कोर्टसमक्ष गरेका थिए, तर त्यो खारेज भएपछि गएराति सीबीआईले पक्रेको हो ।

प्रतिक्रिया दिनुहोस्