गीतमा यस्तो बन्यो फास्ट ट्रयाक (भिडियो सहित)



काठमाडौं– गायक बन्द्री राउत र गायीका शर्मिला श्रेष्ठले फास्ट ट्रयाक गीती एल्बम बजारमा ल्याएका छन् । बद्री राउको शब्द संगित रहेको उक्त एल्बम इनहाउस क्रियशनले बजारमा ल्याएको हो । गीतको म्युजिक भिडियो छायांकन निजगढ मै गएर फास्ट ट्रयाक निर्माणकार्य हुन्दै गरेको क्षेत्रमा गरिएको छ ।

म्युजिक भिडियोको निर्देशन दिनेश लामाले गरेका छन् भने छायांकन अशोक रन्जितको रहेको छ । नेपाली सेनाको फास्ट ट्रयाक निर्माण कार्यदलको सहयोग रहेको जानकारीमुलक लोक गीतको म्युजिक भिडियो रक्षा मन्त्रालय, नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डा बाट, सेन्सर बोर्डले सेन्सर गर्दा प्रदर्शन गर्न योग्य भनि स्वीकृति प्राप्त गरेपछि बजारमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्