प्राधिकरणलाई छलेर सडक विभागलाई दिईदै राजमार्गमा विमान अवतरणबारेको अध्ययन



काठमाडौं– सरकारले राष्ट्रिय राजमार्गलाई धावनमार्गका रुपमा प्रयोग गर्ने योजनाको अध्ययन गर्ने भएको छ । राष्ट्रिय राजमार्गलाई धावनमार्गको रुपमा उपयोग गर्ने योजना ल्याएको सरकारले सम्भावित खण्डहरुको अध्ययन कार्य सुरु गर्न लागेको छ ।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजमार्गका विभिन्न खण्डलाई धावनमार्गका रूपमा प्रयोग गर्ने भनिएको थियो । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको सडक विभागलाई यो कामका लागि जिम्मा दिएको छ । यस्तो योजनामाथि पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उच्च अधिकारीहरुले नै प्रश्न उठाइरहेका छन् । ‘यो कार्यक्रमका लागि छुट्टै बजेट विनियोजन भएको छैन,’ उनले भने, ‘तर विभागको परामर्श सेवाका लागि विनियोजित बजेट यस काममा खर्च गर्न सकिन्छ ।’

नेपालगञ्ज–कोहलपुर, बेलहिया–बुटवल, वीरगञ्ज पथलैया लगायतका ६ लेनमा विस्तार भएका र हुँदै गरेका सकडकहरुमा अध्ययन हुने सडक विभागले जनाएको छ । नेपालमा एयरपोर्ट र धावनमार्गको निर्माण हेर्ने निकाय नेपाल उड्डयन प्राधिकरण हो । तर, विभागले अहिलेसम्म प्राधिकरणसँग यसबारे छलफल अघि बढाएको छैन । यो प्रयोग आपतकालीन विमान अवतरण गर्न सकिने गरी राजमार्ग स्तरीकरण हुने हो । तर सडक विभागले अहिले यस्तो धावनमार्ग निर्माणको निर्णय गरिसकेको छैन । अध्ययनले गर्न सकिने देखियो भने सडकमा धावनमार्ग बनाउने प्रक्रिया सुरु हुन्छ । जसका कारण धेरैले यो योजनालाई असम्भव हुने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्