श्रीमती र छोरालाई आगो लगाएको आरोपमा लम्साल पक्राउ



धादिङ– धादिङको सिद्धलेख गाउँपालिका १ धारापानी बस्ने जिवेश लम्साललाई आफ्नै श्रीमती र छोरालाई आगो लगाएको आरोपमा सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लम्सालले श्रीमती २५ वर्षीया बिमला लम्साल र २ वर्षीय छोरालाई तारपिनको तेल छर्की आगो लगाएको अभियोगमा पक्राउ गरेको हो ।

जिवेशले घरायसी झगडाको कारण श्रीमती र छोरालाई तारपिनको तेल छर्की आगो लगाएको आरोपमा प्रहरी चौकी नलाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । आगोबाट घाइते दुवै जनाको जिल्ला अस्पताल धादिङवेशीमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्