हुण्डी कारोबारीविरुद्ध एक अर्ब भन्दा बढीको विगो दावी



काठमाडौं–वीरगञ्ज महानगरपालिका–५ माइस्थानमा रहेको केपी स्वर्णकार केन्द्र ज्वेलर्सबाट पक्राउ परेका ८ जनालाई अनुसन्धानपछि एक अर्ब २८ करोड ४२ लाख ३९ हजार ७२३ विगोसहित अदालत पेश गरिएको छ ।

असार ९ गते ४२ लाख नगद र २ हजार ९० ग्राम चाँदीसहित पक्राउ परेका ८ जना हुण्डी कारोबारीविरुद्ध उक्त विगो दावी गर्दै मुद्दा दर्ता गरिएको हो । पर्साको छिपहरमाई गाउँपालिका चेरगाह बस्ने राजकपुर साह, रौतहट चपुर घर भएका सूर्यबहादुर बडवाल, बाराको चैनपुर भवानीपुरका गुलाम साह, वीरगञ्ज–६ का राकेशकुमार सिंहविरुद्ध मुद्धा दायर गरिएको हो

यस्तै, भारत मोतिहारीका सुनिल प्रसाद, विन्दवासिनीका सुजित कुमार, वीरगञ्ज – ६ गहवाका चन्दन र पसल सञ्चालक कन्हैया साह सोनारविरूद्ध मुद्धा दायर गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पसलका सञ्चालक कन्हैया भने फरार छन् । गएको असार ९ गते ४२ लाख नगद र २ हजार ९० ग्राम चाँदीसहित वीरगञ्ज महानगरपालिका(५ माइस्थानमा रहेको केपी स्वर्णकार केन्द्र ज्वेलर्सबाट पक्राउ परेका ८ जनालाई अनुसन्धानपछि एक अर्ब २८ करोड ४२ लाख ३९ हजार ७२३ विगोसहित अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

अनुसन्धानका क्रममा एक वर्षमा उक्त रकम बराबरको कारोवार गरेको पाइएपछि विगोसहित बैंक(वित्तीय संस्था तथा संगठित अपराध मुद्दामा अदालत पेश गरिएको एसपी राठौरले बताए ।

प्रतिक्रिया दिनुहोस्