विप्लवको निसानामा एनसेल : एनसेलको जेनेरेटरमा आगजनी



दाङ– दाङ जिल्लामा रहेको एनसेलको टावर नजिकै रहेको जेनेटरमा अज्ञात समूहले आगजनी गरेर क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भदौ १ बिहान अपरिचित समूहले एनसेलको टावरलाई क्षतिपु¥याउन जेनेरमा आगो लगाएर नोक्सानी गरेको हो ।

आगजनीबाट शान्तिनगर गाउँपालिका वडा नं. ५ स्थित खड्क विष्टको मकै बारीमा रहेको एनसेलको टावरमा रहेको जेनेटर पूर्ण रुपमा जलेर नष्ट भएको छ । जेनेटर जलेर नष्ट भए पनि टावरलाई केही भएको छ । दाङ प्रहरीले जारी गरेको प्रेस नोटअनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एनसेलको टावर र जेनेटरमा आगजनी गरेको हुन सक्ने अनुमान गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्