भक्तपुरमा सडक भासियो, एक सय घरलाई आवातजावातमा समस्या



भक्तपुर– भक्तपुरको मध्येपुर थिमी नगरपालिका स्थित लोकन्थलीमा सडक भाषिँदा ढल, खानेपानी सहित यातायातमा समस्या भएको छ ।

सडक भासिदा ७ घर जोखिममा परेका छन् । सोमबार रातिको वर्षाले सडक भासिदा बाटो, ढल र खानेपानी अवरुद्ध भएको छ । सडक क्षति भएका कारण करीब एक सय परिवारलाई आउजाउ गर्न समस्या भएको छ । इथानीयले थप क्षति नियन्त्रणका लागि जोखिम भएको ठाउँमा तत्काल संरक्षणको उपाय थालिनु पर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्