नेकपाका प्रदेश दुईका अध्यक्ष प्रभु साहले बुझाए राजीनामा



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई नं. प्रदेश अध्यक्ष प्रभू साहले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । अध्यक्ष साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेर प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

साह पार्टी एकीकरणका बेला स्थायी कमिटी सदस्यका प्रवल दाबेदार मानिएका थिए । उनको नाम कमिटीमा नपरेपछि उनी असन्तुष्ट थिए । तर पनि पार्टी एकीकरणलाई निष्कर्षमा पुर्याउन उनी मौन बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्