प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान



काठमाडौं– प्रधानमन्त्री केपी ओलीले आज बालुवाटारमा सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूलाई साँझ पाँच बजे छलफलका लागि बालुवाटार बोलाएका हुन् ।

ओलीले प्रधानमन्त्रीमा निर्वाचित भएको १७ महिनापछि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक पहिलोपटक आह्वान गरेका हुन् । प्रधानमन्त्रीले संक्रमणकालीन न्याय निरुपण सम्बन्धि अल्झिएको विषयका गाँठो फुकाउनका लागि सबै दलका प्रतिनिधिहरूको कुरा सुन्न चाहेको उनको निजी सचिवालयले जनाएको छ । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरूको छानविनसम्बन्धी आयोग गत फागुनदेखि पदाधिकारीबिहीन छन् ।

प्रतिक्रिया दिनुहोस्