सार्वजनिक जग्गामा बनाइएका टहरा भत्काएपछि मेयर र वडा अध्यक्षको पुत्ला दहन



नगरकोट– चाँगुनारायण नगरपालिकाले नगरकोटमा सार्वजनिक जग्गामा बनाइएका टहरा भत्काइदिएपछि स्थानीयले आन्दोलन गरेका छन् । जिल्ला बन कार्यलय भक्तपुर र चाँगुनारायण नगरपालिकाले आईतबार टहरामा ब्यवसाय तथा बसोबास गर्दै आएका स्थानियबासिका ८० वटा टहरा भत्काएपछि त्यहाँका स्थानिय बासिन्दाले आन्दोलन गरेका हुन् ।

आन्दोलनरत स्थानीयले सोमबार बिहान चावगुनारायण नगरपालिका मेयर सोम प्रसाद मिश्र र बडा नं ६ का वडा अध्यक्ष सन्त बहादुर वाईवाको पुत्ला दहन गर्दै अनिस्चित कालका लागि नगरकोट बन्दको घोषणा गरेका छन् । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै बेला नगरपालिकाले आफूहरु वर्षौंदेखि व्यवसाय गर्दै आएको घरटहरा भत्काएर दादागिरी देखाएको अन्दोलनकारिको भनाइ रहेको छ । गरिबका टहरा भत्काउने तर ९८५ ठुला होटलहरुलाई भने त्यतिकै छोड्ने बिभेध कारी निती लिएकोले नगरपालिका बिरुद्ध उत्रन बाध्य भएको उनिहरुको भनाई रहेको छ । टहरा भत्काएजस्तै होटलहरु नभत्काएसम्म आन्दोलन गरिरहने उनिहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्