काभ्रे क्याम्पसले पूरा गर्यो गुणस्तर सुनिश्चितताको प्रत्यापनको चक्र (QAA)



नगरपालिकाले कक्षा ९ र १० कार्यक्रमको अनुमति नदिँदा १२ र १२ पनि बन्द हुने अवस्थामा

काभ्रे– काभ्रे जिल्लाकै ठूलो क्याम्पसको रुपमा स्थिापित काभ्रे बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितताको प्रत्यापनको चक्र (त्तब्ब्) पूरा गरेको छ ।

क्याम्पसले सोमबार पत्रकार सम्मेलन गरेर विश्वविद्यालय अनुदान आयोगले प्रस्तुत गरेको मापदण्डहरू नीति तथा कार्यविधिहरू, पाठ्यक्रम, शिक्षण सिकाई तथा मूल्याङ्कन पद्दती, अनुसन्धान, परामर्श तथा विस्तार सेवा, पूर्वाधार तथा सिकाई स्रोतहरू, विद्यार्थी सहयोग तथा परामर्श सेवा, सूचना प्रणाली, र सार्वजनिक सूचना सम्प्रेशण लगायतका क्षेत्ररमा सुधार गरेर गुणस्तर सुनिश्चितताको प्रत्यापनको चक्र गर्न सफल भई प्रत्यापनको चक्रको औपचारिकता पूरा गर्ने प्रक्रियामा रहेको क्याम्पसले विज्ञप्ती मार्फत जनाएको हो ।

उक्त प्रणालीमा प्रत्यापनको भएपछि क्याम्पस राष्ट्रिय स्तरको हुने छ । क्याम्पसले यस पश्चात बीबीए, बीएचएम, बीएस्सी, सिएसआइटी र बीई लगायतका शंकायमा समेत अध्ययन अध्यापन सुरु गराउन सक्ने आधारहरू तयार हुने क्याम्पस प्रमुख के.जी. बैदारले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । बैदारले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि करिब ४० रोपनी जग्गा आवश्यक भएकाले जग्गा प्राप्तिका लागि सहयोग गर्न स्थानीय तहहरूलाई समेत आग्रह गरेका छन् । उनले क्याम्पसमा सञ्चालनमा रहेको जनमत वाङ्मय ई–लाईब्रेरी चाँडै सार्वजनिक पुस्तकालयको रुपमा सञ्चालन गर्ने बताए ।

प्रमुख बैदारले बनेपा नगरपालिकाले कक्षा ९ र १० को कार्यक्रम सञ्चालन गर्न अनुमती नदिएकाले नेपाल सरकारको नीति अनुसार कक्षा ११ र १२ पनि बन्द गर्नुपर्ने अवस्था आएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्