नेपाल राष्ट्र बैंकले आज दुई अर्बको ट्रेजरी बिल बिक्री गर्दै
काठमाडौँ, – नेपाल राष्ट्र बैंकले आज रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।
कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको ट्रेजरी बिल आगामी मङ्सिर ३ गते परिपक्व हुनेछ ।
बैंकले गत साउन २७ गते पनि रु १० करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।