नेकपाको जनवर्गिय संगठन र विशेष कमिटिका ईन्चार्ज र सहइन्चार्ज तोकिए



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनर्विर्गय संगठन र पार्टीका विशेष कमिटिका ईन्चार्ज तथा सहइन्चार्ज तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालयको बैठकले ईन्चार्ज तथा सहइन्चार्ज तोकेको हो ।

सांगठनिक एकताका बाँकी कामलाई पूर्णता दिन बसेको बैठकले उपत्यका विशेष कमिटी इन्चार्ज लिलामणि पोखरेल, सह–इन्चार्ज भानुभक्त ढकाल र अरुण नेपाल तथा कमिटिको अध्यक्ष राजन भट्टराई र सचिवमा लेखनाथ न्यौपाने तोकिएका छन् । युवा तथा विद्यार्थी विशेष कमिटीको इन्चार्ज माधव ढुंगेल, सह–इन्चार्ज कृष्ण केसी, अध्यक्ष रमेश मल्ल र सचिव सुनिता बराल भएका छन् ।

मजदुर विशेष जिल्ला कमिटीको इन्चार्ज विना श्रेष्ठ, सह–इन्चार्ज कुमार पौडेल, अध्यक्ष जगत सिंखडा र सचिव नरनाथ लुइँटेल तोकिएका छन् भने पेशागतको इन्चार्ज केशव नेपाल, सह–इन्चार्ज प्रमेख खनाल, अध्यक्ष प्रेम पराजुली छन् । उद्योगी व्यवसायी विशेष कमिटीमा इन्चार्ज पार्वत गुरुङ, सह–इन्चार्ज शशी श्रेष्ठ र सचिव चन्द्र रिजाल छन् भने केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज छविलाल विश्वकर्मा र सह–इन्चार्जमा डिलाराम आचार्य र झक्कु सुवेदी छन् ।

जनवर्गीय संगठनतर्फ ट्रेड युनियनको इन्चार्ज जयपुरी घर्ती र सह–इन्चार्ज विनोद श्रेष्ठ तथा किसानको इन्चार्ज बामदेव गौतम र सह-इन्चार्ज सुनिल मानन्धर तोकिएका छन् । महिलाको इन्चार्जमा गोमा देवकोटा र सह-इन्चार्जमा कमला रोक्का तथा युवामा इन्चार्ज महेश बस्नेत र सह-इन्चार्ज रामप्रसाद सापकोटा छन् । विद्यार्थीमा इन्चार्ज हितमान शाक्य र सह-इन्चार्ज विनोद ढकाल हुँदा वुद्धिजिवीको इन्चार्जमा अग्नि सापकोटा र सह-इन्चार्जमा टंक कार्की छन् । पेशागत महासंघको इन्चार्जमा पम्फा भुसाल र सह-इन्चार्जमा विश्वनाथ प्याकुरेल तोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्