बनेपा नगरपालिकामा कार्यरत सव–इन्जिनियर २५ हजार घुससहित पक्राउ



काभ्रे– काभ्रेको बनेपा नगरपालिकामा कार्यरत (करार) सव–इन्जिनियर २५ हजार घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बनेपा नगरपालिका–११ का सव–इन्जिनियर आकाश श्रेष्ठलाई लाई घुससहित पक्राउ गरेको हो ।

श्रेष्ठले २०७२ सालको भूकम्पले पूर्ण क्षति भएको घर निर्माणको लागि सरकारले प्रदान गरेको राहतको किस्ता रकम निकासीको लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

वडा नं. ११ मा कार्यरत श्रेष्ठले सेवाग्राहीसँग २५ हजार घुस वापतको रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनलाई बनेपा नगरपालिका वडा नं–८ नाला दोबाटोस्थित द किचन भान्साघरबाट रंगेहात पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्