रवि लामिछाने समर्थकका विरुद्ध, चितवनका नागरिकले निकाल्यो यस्तो विज्ञप्ति



माउण्टेन भिटीमा कार्यरत नुवाकोटका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीनजनालाई कारबाही नगर्न समर्थकले दबाब दिएकाप्रति चितवनका नागरिकले असन्तुष्टि जनाएका छन् ।

लामिछाने, उनको कार्यक्रम ‘सिधा कुरा जनतासँग’ मा कार्यरत युवराज कँडेल र ओखलढुंगाकी नर्स अस्मिता कार्की हाल अनुसन्धानका क्रममा चिवतन प्रहरीको हिरासतमा छन् । राजधानीबाट गएका लामिछाने समर्थकले भरतपुरस्थित जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शनका साथै ढुंगामुढा गरेका थिए । नागरिक समाज चितवनले पुडासैनीको मृत्यु शंकास्पद भन्दै आवश्यक अनुसन्धानका लागि पीडित परिवारले दिएको जाहेरी उपर अनुसन्धानको सिलसिलामा पक्राउ परेका व्यक्तिहरुसँग जोडिएर भएको असंगठित र स्वतस्फुर्त असंगठित आन्दोलनप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा नागरिकको अस्वाभाविक मृत्युको छानबिनका क्रममा शंकास्पद व्यक्तिहरु पक्राउ पर्नु स्वभाविक भएको चितवन समाजको ठहर छ । समाजका सचिव गा्पीलाल देवकोटाद्वारा जारी विज्ञप्तिमा निस्पक्ष अनुसन्धानमा कुनै किसिमको दबाब सिर्जना नगरी स्वतन्त्र र निश्पक्ष अनुसन्धान प्रभावित नपार्न सम्वद्ध पक्षसँग आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्