करेन्ट लागेर एकको मृत्यु



भरतपुर,    भरतपुर महानगरपालिका–११ अमनचोकमा शनिबार साँझ पानी तान्ने मोटरमा करेन्ट चुहिएर पर्सा पोखरीया नगरपालिका–३ घर भएका ३१ वर्षीय अनरजित मुखियाको मृत्यु भएको छ ।    

भरतपुरमा मजदुरी गर्दै आएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।    

प्रतिक्रिया दिनुहोस्