कर छली गर्नेले डिजिटल आर्थिक सेवा लिन चाहेनन् : मन्त्री बाँस्काेटा



काभ्रे- सञ्चार तथा सूचना प्रविधि मन्त्री गाेकुल प्रसाद बाँस्कोटाले कर छली गर्नेले डिजिटल आर्थिक सेवा लिन नचाहेकाे बताउनु भएकाे छ ।

कम्प्युटर एशोशिएशन नेपाल महासङ्घद्वारा धुलिखेलमा आयोजित आर्थिक निकायमा डिजिटल आर्थिक सेवा विषयक प्रदेशस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बाँस्काेटाले कर छली गर्नेले डिजिटल आर्थिक सेवा लिन नचाहेको बताउनुभएकाे हाे । भयो । उहाँले भन्नुभयाे “यस्ताले पनि भ्रष्टाचारलाई प्रसय दिएका छन्, भ्रष्टाचार न्यूनीकरण हुँदै जाँदा उनीहरु पनि यो सेवा लिन बाध्य हुन्छन्, त्यसतर्फ ध्यान जानु जरुरी छ ।”

मन्त्री बाँस्काेटाले सरकार भ्रष्टाचार विरुद्द निर्मम् भएकाे बताउँदै अख्तियारकाे सक्रियता बढ्दै गएकाे बताउनु भयाे ।

प्रतिक्रिया दिनुहोस्