एसईई परीक्षामा उत्तिर्ण लाई जनजागरण प्रगतिशिलको सम्मान



काभ्रे– जनजागरण प्रगतिशिल नमुना युवा क्लवले २०७५ सालको एसईई परिक्षा उत्तिर्ण विद्यार्थीलाई सम्मान गरेको छ । धुलिखेल नगरपालिका वडा नम्वर ८ बाट एसईई परिक्षामा सहभागी भएका विद्यार्थीलाई एक कार्यक्रमका बिच जागरण प्रगतिशिल नमुना युवा क्लवले सम्मान गरेको हो ।

कार्यक्रममा नेपाल बार एसोसियसन काभ्रेका पुर्व अध्यक्ष रमेश प्रसाद हुमागाँइको प्रमुख आतिथ्यता रहेको थियो भने समाजसेवी नवराज बडाल र यादव गौतमको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष सन्तोष गौतमले एसईई परिक्षामा सहभागी भई सफल हुने विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्दै जाने बताए । कार्यक्रममा संस्थाका अध्यक्ष सुरेन्द्र लुइँटेलको सभापतित्व रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्