काँग्रेस नेता बडुले चितवन पुगेर भेटे रवि लामिछानेलाई



रवि लामिछानेका समर्थकमाथि प्रहरीद्वारा लाठी चार्ज

चितवन– नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले चितवन प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई भेटेका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रबि लामिछानेलाई बडुले भेटेका हुन् ।

नेता बडुले लामिछानेसँगको भेटघाट पछि उनिमाथि निपक्ष छानविन हुनुपर्ने माग राखेका छन् । नेता बडुले रविमाथि पूर्वाग्रह नराखी छानबिन हुनु पर्नेमा आफ्नो जोड रहेको बताए । भेटका क्रममा रबिले पनि निश्पक्ष छानबिनमा सहघाउन तयार रहेको बताएको नेता बडुको भनाई थियो । रवि सहित शालिकराम प्रकरणामा पक्राउ परेका युवराज कँडेल र रुकु कार्कीलाई ५ दिन हिरासतमा राख्न अदालतले शुक्रबार अनुमति दिएको थियो ।

शुक्रबार साँझ भीड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । शनिबार रवि लामिछानेको समर्थनमा उत्रिएका समूहको भीड नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गरेको छ । जिल्ला प्रहरी कार्याल बाहिर जम्मा भई नाराबाजी गरिरहेका समूहको भीड अनियन्त्रित भएपछि प्रहरीले चार राउण्ड अश्रुग्याँससमेत प्रहार गरी भीड तितरवितर बनाएको हो । बिहानैदेखि नाराबाजी गरिरहेका प्रदर्शनकारीले प्रहरीको गाडीमा ढुंगा प्रहार गरी क्षति पुर्‍याएका छन् ।

प्रतिक्रिया दिनुहोस्