कर्णालीका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्ग खत्री बर्खास्त



काठमाडौं  – कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्गबहादुर खत्री बर्खास्त भएका छन् ।

मन्त्री खत्रीविरूद्ध नक्कली बैंक ग्यारेन्टी प्रकरणमा पाटन उच्च अदालतले पक्राउ पूर्जी जारी गरेपछि उनलाई बर्खास्त गरिएको हो । 

मन्त्री खत्रीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम बर्खास्त गरेका हुन् ।

उच्च अदालत पाटनले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई पक्राउ गर्न सोमबार आदेश दिएको थियो । उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले पक्राउ गर्न आदेश जारी गरेको थियो ।    

प्रतिक्रिया दिनुहोस्