पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछानेसहित ३ जना पक्राउ
काठमाडौँ, – चितवनमा केही दिनअघि आत्महत्या गरेको भनिएका पत्रकार शालिकराम पुडासैनी प्रकरणमा न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने आज पक्राउ परेका छन्।
माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीले आत्महत्या अघिको भिडियोमा आफ्नो मृत्युका लागि दोषी देखाएका रवि लामिछाने प्रहरी नियन्त्रणमा परेका हुन् । रबि लामिछानेसंगै पत्रकार युवराज कँडेल पनि पक्राउ परेका छन । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरिएको हो ।
प्रहरीले केही घण्टा अघिमात्रै कलंकीबाट नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो ।