नेकपा सचिवालय बैठक बस्दै



काठमाडौं –  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ३:०० बजे बस्ने बैठकमा विभागका नेतृत्व , पोलिटब्युरो गठनलगायतका विषयमा छलफल हुने  नेकपाले जनाएको छ।  

यसअघि बुधबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

नेकपामा स्कूल विभागमा टुङ्गो लगाउन नसक्दा बैठक पटक-पटक सारिँदै आएको छ । नेकपाको अहिलेसम्म प्रदेश कमिटी र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय सङ्गठनको कमिटीलाई पूर्णता, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग गठनको काम पूरा हुन सकेको छैन ।    

प्रतिक्रिया दिनुहोस्