कालिकोटमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी कार्यक्रम स्थल नजिकै दुईवटा बम विस्फोट



सुर्खेत २९ साउन – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी एक कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ ।

बुधबार दिउँसो कालिकोटको पचालझरना गाउपालिकाको गाउँसभा भइरहेको स्थान नजिकै बम विस्फोट भएको हो।

मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेम सिंहले कार्यक्रम स्थल भन्दा केही पर २ पटक बम विस्फोटको आवाज सुनिएको बताउनुभयो ।

विष्फोट मुख्यमन्त्री शाहीलाई नै लक्षित गरी गरिएको हो वा होइन थाहा भएको छैन ।
प्रहरीले विष्फोट नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले गरेको हुन सक्ने अनुमान गरेको छ।

विस्फोटमा कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ । यसअघि पनि मुख्यमन्त्री कालिकोट गएका बेला बम विष्फोट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्