चक्कु प्रहार गरेर महिलाको हत्या गर्ने पक्राउ
गौशाला– महोत्तरीमा मन्जुकुमारी श्रेष्ठको हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले गौशाला नगरपालिका २ का दशैं ठाकुर र वडा नं. ८ का राजकिशोर गिरीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गौशालाले सोमबार बिहान पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजानिक गरेको छ ।
गएको असार ५ गते रातिको समयमा गौशाला नगरपालिका १० की अन्जुकुमारी श्रेष्ठलाई धरिलो हतियार प्रहार गरि हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
मृतक श्रेष्ठले प्रयोग गरेको मोबाइल गिरीको घरबाट फेला परेको र त्यसैलाई आधार बनाएर अनुसन्धान गर्ने क्रममा उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यले जानकारी दिए ।
पक्राउ परेका दुवैलाई जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको पनि उनले बताए । गौशाला बजारमा संचालित निर्धन उत्थान बैंकमा कार्यरत श्रेष्ठलाई रातिको समयमा उनकै घरमा चक्कु प्रहार गरि हत्या गरिएको थियो ।