खुमलटार यात्रा : गौतमको पातलियो नेपालको बाक्लिँदै



काठमाडौं– पछिल्लो समय नेकपाका नेताहरूको प्रचण्ड निवास खुमल्टार यात्रा बढिरहेको छ ।
विगतमा धेरै खुमल्टार धाउने नेता बामदेव गौतमको यात्रा जबजक कारण पातलिएको छ । गौतमको खुमल्टार यात्रा पातलिएसँगै पछिल्ला दिनहरूमा नेकपाका नेता माधव नेपालको बढेको छ । नेता प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँग गोप्य भेट गरेका छन् ।

दाहालले आइतबार ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा भेटवार्ता गरेका हुन् । नेता नेपाल खुमलटारमा अपरान्ह ३ बजे भित्रिएको दाबी स्रोतको छ । भेटवार्तामा पार्टी्भित्रको आन्तरिक विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । सो भेटवार्ताका बारेमा आधिकारीक केही जानकारी दिइएको छैन ।

आफ्ना राजनीतिक भेटहरूलाई बाक्लै बनाएका दाहालले नेपालसँग एक हप्ताभित्र दुई पटक भेटेका हुन् । भेटवार्तामा प्रदेश २ अन्तर्गत जिल्लाहरूमा देखिएको कमिटी गठनको विवादका विषयमा परामर्श भएको जनाइएको छ । दाहाल र नेपालबीचको भेटवार्तामा प्रदेश २ का अध्यक्ष प्रभु साह र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको पनि सहभागिता रहेको दैनिक नेपालले लेखेको छ ।

प्रधानमन्त्री केपी ओली उपचारका लागि देश बाहिर रहेका बेला नेकपाका दोस्रो तहका अध्यक्ष दाहालले वरिष्ठ नेता नेपालसँग परामर्श गरेका छन् । केही दिन अगाडि पनि दाहालले नेता नेपालका साथै झलनाथ खनाल, महासचिव विष्णु पौडेलसहितका नेताहरूसँग परामर्श गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्