असफल बन्दै नेपाल प्रहरी : विर्तामोडमा वडा कार्यालय बमले उडाइयो



काठमाडौं– झापा जिल्लाको विर्तामोड नगरपालिकाको वडा नं. ७, ८ र ९ को वडा कार्यालयमा सोमबार बिहानै बम विस्फोट भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विस्फोट बिहान साढे चार बजे भएको हो । विस्फोटबाट कार्यलायका झ्यालका सिसा फुटेको छ । घटना कसले गरायो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विस्फोटमा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को हात हुनसक्ने आशंका प्रहरीले जनाएको छ ।

पछिल्ला समय सरकारी गाडी जलाउने वडा कार्यालयमा विस्फोट गराउने कार्यहरू बढ्दै गएका छन् । नेपाल प्रहरीले यस्ता गतिविधिहरूलाई नियन्त्रण गर्न सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्