आज १० करोडको ट्रेजरी बिल बिक्री गरिने
काठमाडौँ, – नेपाल राष्ट्र बैंकलेअ आज रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल आगामी कात्तिक २६ गते परिपक्व हुनेछ ।