न्यूरोडको भिडमा सांसद भावना सुवेदीको पर्स लुटियो, प्रहरी भने बेखबर



काठमाडौं, २६ साउन –प्रदेश नं ३ की प्रदेशसभा सांसद भावना सुवेदीको पर्स लुटिएको छ ।
व्यक्तिगत कामको सिलसिलामा न्युरोड पुगेकी सांसद सुवेदीको पर्स न्युरोडको भीडभाडमा अज्ञात व्यक्तिले आइतबार अपरान्ह लुटेर लगेको हो ।
आफ्नो ब्यागमा रहेको पर्स लुटेको सांसद सुवेदीले बताउनुभयो । ‘भीड छिचोल्दै थियौं, पर्स लुटिएको पत्तै पाइएन ।’
लुटिएको पर्समा सात हजार रुपैयाँ नगद र केही महत्वपूर्ण सामानहरू रहेको सुवेदीले जानकारी दिनुभयो । पर्समा बैंकको एटिएम कार्ड, सांसद परिचय पत्र लगायतका समानहरु पनि थिए ।
‘एटिएमको पिन नम्बर पनि त्यहीँ लेखिराखेकी थिएँ,पिन नम्बर प्रयोग हुने डरले बैंकमा पुगेर रिपोर्ट गरेकी छु।’ सुवेदीले जानकारी दिनुभयो

बैंक जाँदाजाँदै ढिलो भएकाले प्रहरीले जानकारी गराइनसकेको सुवेदीले बताउनुभयो । महानगरीय प्रहरी परिसरले सुवेदी घटनाबारे जानकारी नगराएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्