बुटवलदेखि काठमाडौँसम्म ५ सय बसभाडा, कलङ्कीदेखि बानेश्वरसम्म ६ सय ट्याक्सी भाडा, यो त अति भएन र मान्यवर ?



काठमाडौं/ राजधानीमा ट्याक्सीले आम जनतालाई लुटपाट गरिरहेको भन्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद आशाकुमारी बिकले संसदमा आवाज उठाउनुभएको छ । ।

आइतवार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद बिकले बुटवलबाट काठमाडौँ आउने भाडाभन्दा कलङ्कीबाट बानेश्वर जाने भाडा महँगो भएकोमा आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

‘बुटवलदेखि काठमाडौँ ५ सयमा बस चढेर आउन सकिन्छ तर कलङ्कीदेखि बानेश्वरसम्म ट्याक्सीले ६ सय भाडा लिन्छ, प्रतिनिधिसभामा गुनासो गर्दै सांसद बिकले प्रश्न गरिन्, यस्तो बाध्यताको अन्त्य कहिले हुन्छ’

सरकारले मिटर चलाउने आदेश गरेको भएतापनि ट्याक्सी ड्राइभरहरूले नमान्ने गरको उहाँको गुनासो छ ।
सांसद बिकले यसको तत्काल निकास हुनुपर्ने भन्दै संसदमा आवाज उठाउनुभएको हो । उहाँले भन्न्ुभयो,‘यसको निकास कहिले आउँछ रु ट्याक्सी साहु मर्कामा भएको भए सरकारले छलफल गर्नुपर्यो होइन भने यो लुटपाटको अन्त्य गरिनुपर्यो ।’

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले सडक दुर्घटना न्युनिकरण, वाढी पहिरोका कारण अवरुद्ध सडक सूचारु गराउने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

बैठकमा सांसदहरुले गत शुक्रवार मुग्लिन सडक खण्डको त्रिशुली नदिमा भएको दुर्घटना र वर्षेनी उक्त सडक खण्डमा हुने सवारी दुर्घटनामा परी सयौं मानिसले ज्यान गुमाउने गरेको भन्दै सडक सुक्षाको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसदहरुले वाढी पहिरो डुवानपछि फैलिएको माहामारिका कारण स्वास्थ्य समस्या वढेको र डेङ्गो रोगले माहामारीको रुप लिइरहेको भन्दै यसलाई नियन्त्रणमा ल्याउन र स्वास्थ्य उपचारको प्रभावकारी प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसदहरुले उपत्यकामा ट्याक्सी भाडा महंगो हुदा सर्वसाधारण मारमा परेकाले भाडा व्यवस्थापन गर्न माग गर्नु भयो ।

सांसदहरुले लोकतान्त्रिक व्यवस्थामा सार्वसाधारण नागरिकहरुले आफ्ना प्रतिनिधिका काम कारवाही सहज रुपमा हेर्न पाउनु पर्ने भन्दै संसद भवनमा सर्वसाधारण नागरिकले सहज रुपमा प्रवेश पाउने व्यवस्था गर्न माग गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्