कांग्रेस केन्द्रिय समितिको बैठक आज बस्दै



साउन /असार २१ गते देखी सुरु भएको नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक आज दिउसो २ बजेका लागी बोलाइएको छ ।

विभिन्न १४ वटा एजेण्डा तय गरेर छलफल गरिएको कांग्रेस बैठकमा मुख्य रुपमा पार्टीको अन्तरिम संरचना गठन गर्ने विषयले प्रमुखता पाएको छ । संघिय संरचना अनुरुपका पार्टी समिति गठन गर्नको लागी आजको बैठकले निर्णय लिने तयारी रहेको बताइएको छ ।

प्रदेश , निर्वाचन क्षेत्र र स्थानिय तहमा पाटीका समितिहरु गठन गर्न नसक्दा कांग्रेसले संघिय संरचना अनुरुप पार्टी संचालन गर्न नसकेको आरोप लाग्दै आएको छ ।

यो बिषयमा सहमति जुटाउन केहि दीन यता बैठक स्थगित गरेर नेताहरुले प्रयाश जारी राखेको र आजको बैठकले टुङ्गो लगाएर अन्य एजेन्डामा प्रवेश गरिने कांग्रेस प्रवक्ता विश्व प्रकाश सर्माले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्