मायादेवी गाउँपालिका अध्यक्षको गाडीमा आगजनी



कापिलवस्तु/ कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीमा आगजनी भएको छ ।

सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति आगजनी भएको हो ।

आगजनी गर्ने समूहको पहिचान पहिसनसकृपनि प्रहरीले गाडी विप्लव समुहले आगजनी गरेको प्रहरीको प्रारम्भीक अनुमान गरेको छ ।
विप्लव समूहले केहि समय अगाडि कपिलबस्तुमा विज्ञप्ति निकालेर गाउँपालिकामाथि आक्रमण गर्ने चेतावनी दिएको थियो ।

आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ । कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो । आगजनी किन र कसले गरे भन्ने थाहा नभएको अध्यक्ष चौधरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्