मायादेवी र बंगलाचुली गाउँपालिका अध्यक्षको गाडीमा आगजनी



काठमाडौं– अज्ञात समूहल कपिलवस्तु जिल्लाका मायादेवी गाउँपालिका र दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा आगजनी गरेका छन् ।

मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बर र बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वली चढ्ने रा १ झ १५२ नम्बरको सरकारी गाडीलाइ अज्ञात समूहले आगजनी गरेको हो ।

शनिबार राति सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति १०.३० बजेतिर आगजनी भएको हो । आगजनी किन र कसले गर्‍यो भन्ने थाहा नभएको अध्यक्ष चौधरीले बताए । आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ । कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो ।

यसैगरी शनिबार राति करीव १२ः४५ को समयमा दाङको बंगलाचुलीमा गाडीमा आगजती भएको हो । अगजनी बाट गाडी पूर्ण रुपमा जलेर नस्ट भएको छ । गाडीमा लागेको आगो ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरी टोली र स्थानीयले नियन्त्रणमा लिएको थियो । गाडी बंगलाचुली गाउपालिका वडा नं.५ को कार्यालय प्राङ्गण मुर्कुटीमा पार्किङ गरि राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्